संक्षिप्त परिचय

बेलौरी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, कंचनपुरको स्वरुप र प्रकृति :  

            संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । विगतको प्रशासनिक विभाजन अनुसार सेती र महाकाली अन्चल अन्र्तगतका ९ जिल्ला रहेको यो प्रदेशको कञ्चनपुर जिल्ला महाकाली अञ्चलमा पर्ने तराइको जिल्ला हो । राज्य पुर्नसंरचना अनुसार यस जिल्लामा ९ स्थानीय तह रहेका छन जसमा ७ नगरपालिका र २ गाँउपालिका रहेका छन । यस जिल्ला अन्तर्गतका ७ नगरपालिका मध्ये बेलौरी नगरपालिका एक हो । कञ्चनपुर जिल्लाको दक्षिणी भागमा अवस्थित यो नगरपालिका कञ्चनपुरको प्रथम सदरमुकाम पनि हो ।

             बेलौरी नगरपालिका वि.स. २०७१|०१|२५ मा श्रीपुर, रामपुर विलासिपुर र लक्ष्मीपुर गा.वि.स समावेश गरि नेपाल सरकार द्वारा स्थापित गरिएको हो । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी नगरपालिका प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्र हो ।  १० वटा वडा समिति रहेको यस नगरपालिकामा कुल क्षेत्रफल १२३.४ वर्ग किलोमिटर छ भने कुलजनसंख्या ५३,५४४ रहेको छ । यस नगरपालिकाको जनघनत्व ४३३ जना प्रति किलोमिटर छ ।

 

नगरपालिकाको विशेषता झल्काउने महत्वपृर्ण तथ्यहरुः

सिमाना

           पुर्व- पुनर्वास नगरपालिका, पश्चिम - बेल्डाडी गा.वि.स, उत्तर - शंकरपुर गा.वि.स र देखतभुली गा.वि.स, दक्षिण – भारत

औषत वार्षिक वर्षा कति मि.मि.

           सरदर १५७५ मि.मि

तापक्रमः

          अधिकतम ४२ डिग्री सेल्सियस न्युनतम ६.९६ डिग्री सेल्सियस

उद्योग क्षेत्रको स्थितिः

         महाकाली सुगर मिल प्रा.लि - शिवनगर, अमृत डिष्टलरी प्रा.लि - शिवनगर, दुग्ध उद्योग - बेलौरी, पाउरोटी उद्योग - बेलौरी, गुड उद्योग, ईटा उद्योग

तालहरुः

        बन्दा ताल, पुरैनी ताल, बन्तरीयाता ताल, लामा ताल, चक्रीया कुण्डा ताल, शोभा ताल

सरकारी कार्यालय बैंक तथा वित्तीय संस्थाहरुः

      प्रथमिक स्वास्थ्य केन्द्र बेलौरी, श्री कृषि विकास बैङ बेलौरी, स्वास्थ्य चौकी रामपुर, श्री मालिका विकास बैङ बेलौरी,  उप स्वास्थ्य चौकी लक्ष्मीपुर, श्री महाकाली विकास बैङ बेलौरी, इलाका प्रहरी कार्यालय बेलौरी, श्री ग्रामिण विकास बैङ बेलौरी, प्रहरी चौकी पचुई, श्री राष्ट्रिय वाणिज्य बैङ बेलौरी,  प्रहरी चौकी भुडा, श्री निर्धन उत्थान बैङ बेलौरी, प्रहरी चौकी लक्ष्मीपुर, श्री बैंक अफ काठमाडौ, कृषि सेवा केन्द्र बेलौरी, बैशाखा भन्सार कार्यालय बेलौरी बजार क्षेत्र, पशु सेवा केन्द्र बेलौरी बजार, पशु सेवा उपकेन्द्र रामपुर कलकत्ता बजार, पशु सेवा क्वारायन्टाइन कार्यालय बेलौरी गोकुलपुर बजार,  छोटी हुलाक कार्यालय बेलौरी,  अतिरिक्त हुलाक कार्यालय रामपुर,  शसस्त्र प्रहरी बल बेलौरी, मालपोत कार्यालय बेलौरी, नापी कार्यालय